काठमाडौं, १६ चैत । अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको इजिप्ट एयरलाइन्सको विमान अपहरणमा परेको छ ।
समाचार एजेन्सीका अनुसार अपहरणमा परेको यो विमानले साइप्रसको लानाका एयरपोर्टमा आकस्मिक अवतरण गरेको खबर प्राप्त भएको छ ।
बीबीसीका अनुसार एमएस १८१ कल साइन एयरबस ३२० विमान अपहरण गर्नेहरुसँग हतियार रहेको र विमानमा बम पनि भएको बताइएको छ । विमानमा ५५ जना भन्दा बढी यात्रु सवार छन् ।
अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन ।













प्रतिक्रिया