२५ कार्तिक २०८३, बुधबार

सद्भावना पार्टीको बैठक बिराटनरमा सुरू, संगठन निर्माणमा महत्वपूर्ण निर्णय हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadbhawana Party Manisकाठमाडौं, १६ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सद्भावना पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठक बिराटनगरमा आजदेखि सुरू भएको छ ।

आज बिहानदेखि सुरू भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै मधेस आन्दोलन, पार्टीको महाधिवेशन, संगठन सुदुढीकरणलगायतका विषयमा छलफल हुने महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

बैठकमा मुलुकभरिबाट जिम्मा भएका केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि थप रणनीतिका साथ निर्णय हुनेछ ।

आज, भोलि र पर्सीसम्म गरेर तीन दिन चल्ने सद्भावना पार्टीको बैठकमा विशेष गरेर मधेस आन्दोलन र पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

12670694_478552245676969_1902332289569230137_n

12813989_478552255676968_8190266425963377084_n

Sadbhawana Party Rajendra Mahato