काठमाडौं , १६ चैत । नेपाली फिल्म ‘उहिले बाजेको पालामा’ले आफ्नो प्रदर्शनको तयारीलाई जोडतोडले प्रचार प्रसारमा ल्याएको छ ।
‘एग्रेसिभ’ रुपमा प्रचार प्रसारमा उत्रिएका ‘उहिले बाजेको पालामा’को टिमले आफ्नो रिलिजको दुई डेट मिलाएको छ ।
राजधानी उपत्यकामा वैशाख २४ गते र उपत्यका बाहिरका हलहरूमा जेठ ७ गते यो फिल्म रिलिज हुनेछ । फिल्म कलाकार गणेश बेल्वासेले निर्माण गरेका हुन् ।
नेपाली संस्कृति र मौलिकता झल्काउने कथामा तयार ‘उहिले बाजेको पालामा’को अडियो तथा प्रोमो सोमबार काठमाडौंमा विशेष कार्यक्रम गरेर सार्वजनिक भएको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रमार्फत नेपाली मौलिकता हेर्न पाउने भएको भन्दै खुसी ब्यक्त गरे । उनले चलचित्रको सफलताको लागि कामना गरेका छन् ।
चलचित्रका लेखक समेत रहेका कलाकार गणेश बेलवासेले कलाकार तथा लेखनमा धेरै गुनासो आउने गरेको भन्दै आफूले त्यसलाई केही हदसम्म अन्त्य गर्ने प्रयास गरेको बताए । उनले भने, ‘दर्शकले नपाली मौलिकता बोकेका चलचित्र बन्नुपर्छ । यस्ता चलचित्र वर्षमा केही मात्रामा भए पनि बनाउनु पर्छ ।’
बसन्त जी. एमको निर्देशनमा तयार भएको ‘उहिले बाजेको पालामा’ बिपिन आचार्यको संगीत छ । हरिनारायण चौधरीको छायांकन, भरत क्षत्रीको द्वन्द्व रहेको छ ।
चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्रमा दिलीप रायमाझी, कमल गाउँले, खुश्वु खड्का, गणेश वेलवासे, सपना रोका, रविन्द्र आचार्य, माधव पण्डित, नवीन श्रेष्ठ, मिउन जिरेल, राजेन्द्र ओलीको मुख्य भूमिका छ ।

















प्रतिक्रिया