३१ आश्विन २०८३, शनिबार

मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suntali-and-dhurmusकाठमाडौं । चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली मेरी बास्सैमा फर्किएका छन् ।

भर्खरै पुनः सञ्चालनमा आएको मेरी बास्सैको उत्पादक कम्पनी मिडिया हबसँग समझदारी भएपछि धुर्मुस र सुन्तली हसाउने काममा फर्किएका हुन् ।

आउने भागबाटै दर्शकले धुर्मुस र सुन्तलीलाई पुरानै स्वरुपमा देख्न सकिनेछ । मेरी बास्सैमा फर्किपछि धुर्मुसले भने– ‘मिडिया हबमा आर्थिक संकट यथावतै छ ।

तर मेरीबास्सैका लागि सुटिङ खर्च ब्यहोर्ने र अन्य आर्थिक कुरामा क्लियर भएपछि, हामी फर्केका हौँ ।’

आउने भागको कथा बेलायती राजकुरमा ह्यारीको नेपाल बसाईका बारेमा रहेको उनले जानकारी दिए ।

झण्डै सात महिना रोकिएर फेरि प्रशारणमा आएको मेरी बास्सैमा प्राय पुरानै कलाकार छन् ।