२५ कार्तिक २०८३, बुधबार

काठमाडौंंमा हावाहुरीले कति पु-यायो क्षति ? (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trichandraकाठमाडौं, १५ चैत । काठमाडौं उपत्यकामा चलेको हावाहुरीले सात जना घाइते भएका छन् ।

काठमाडौंमा पाँच र भक्तपुरमा दुई गरी सात जना घाइते भएको प्रहरीले जनाएको छ । त्रिचन्द्र क्याम्पसआडि रुख ढल्दा मोटरसाइकलमा सवार ३० वर्षीय अंशु डंगोल र उनकी श्रीमती २५ वर्षीया जिना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै स्वयम्भुमा दुई जना घाइते भएका छनु् । घाइते हुनेमा भावना बडु र विमला मगर रहेका छन् । बडु ईंटा लागेर घाइते भएकी हुन् भने मगर भागदौडका क्रममा घाइते भएकी हुन् ।

त्यसैगरी काँडाघारीमा घरमाथिबाट ड्रम खस्दा एक व्यक्ति घाइते भएका छन् भने भक्तपुरको बालकोट र सिपाडोलमा एक–एक जना घाइते भएको प्रहरीले जनाएको छ । भक्तपुरका विभिन्न स्थानमा विजुलीको पोलसमेत ढलेका छन् ।