काठमाडौं, १५ चैत । हावाहुरीका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित भएपछि दुई वटा विमानलाई डाइभर्ट गरिएको छ ।
दिल्लीबाट आएको जेट एयरलाइन्स र आबुधावीबाट आएको इत्तेहाद एयरलाइन्सको विमानलाई भारतको लखनउ एयरपोर्टमा डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।
जेट एयरले विमानस्थलमाथिको आकाशमा तीन राउन्ड लगाएपछि अर्को विमानस्थलमा डाइभर्ट गरिएको हो । त्यस्तै इत्तेहाद एयरको विमान पनि बाराको आकासमा तीन राउन्ड लगाएपछि डाइभर्ट गरिएको हो ।












प्रतिक्रिया