२५ कार्तिक २०८३, बुधबार

भीषण हावाहुरीले काठमाडौंमा पाँच जना घाइते, जताततै कुईरिमण्डल, प्रमुख बजार बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hawa-huriकाठमाडौं, १५ चैत । राजधानी काठमाडौंमा चलेको हावाहुरीका कारण पाँच जना घाइते भएका छन् । त्रिचन्द्र क्याम्पसअगाडि रुख ढल्दा तीन जना घाइते भएका छन् । घाइते भएकाहरुलाई प्रहरीले उपचारका लागि वीर अस्पतालमा पु-याएको छ ।

त्यसैगरी काँडाघारीमा एक जना र स्वयम्भुमा पनि एक जना घाइते भएको प्रहरीले जनाएको छ । हावाहुरीले कार्यालय र सडकमाथि राखिएका साइनबोर्ड, होर्डिङ बोड खसालेको छ । केही घरका छातासमेत उडाएको छ ।

अनाचक आएको भीषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन । हावाहुरीसँगै धूलो उड्दा सर्वसाधारण प्रभावित भएका हुन् । काठमाडौंको आकाश कुइरिमण्डल भएको छ । आधा घण्टाभन्दा बढी निरन्तर चलेको हावाहरीले सवारीसमेत चल्न सकेनन् ।

न्यूरोड, असनलगायतका प्रमुख व्यापारिक क्षेत्र बन्द गरिएको छ ।