मुम्बई । बलिउड अभिनेता सलमान खानका भाई–बुहारीले सम्बन्ध विच्छेद ‘डिभोर्स’ गरेका छन् ।
लामो समयदेखि अलग भएको हल्ला चलिरहेका बेला बलिउडका कलाकार समेत रहेका सलमानका भाई–बुहारी अरवाज खान र मलाइका अरोराले सोमबार संयुक्त विज्ञप्तिमार्फत आधिकारिक रुपमा एकअर्काबाट अलग भएको घोषणा गरेका छन् ।
केही समय यता मलाइका र अरवाजको सम्बन्ध विच्छेदको चर्चा मिडियामा चलेपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन । अव भने मलाइका र अरवाजले आफूहरु छुट्टिएको आधिकारिक पुष्टी गर्दै आफूहरु अलग भएको बताएका छन् ।
भाई बुहारीलाई अलग हुन नदिने हालसम्म अविवाहित सलमानको प्रयास पनि असफल भएको छ । पछिल्लो समय बलिउडमा धमाधम डिभोर्सको क्रम चलेको छ ।
कारण के हो ?
सलमानका भाई बुहारीको मुख्य कारण अर्जुन कपुरलाई मानिएको छ । अभिनेता अर्जुन र सलमानकी बुहारी मलाईका अरोरा नजिकिएपछि यस्तो अवस्थाको सिर्जना हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी अर्जुनले यस विषयमा केही बोलेका छैनन् ।
















प्रतिक्रिया