काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमणबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला भारतका गृहमन्त्री राजनाथ सिंहले पनि मुख खोलेका छन् ।
आइतबार अन्तर्राष्ट्रिय सहयोग परिषद् भारत, इन्डिया पोलिसी फाउन्डेसन र नीति अनुसन्धान परिषद् नेपालद्वारा आयोजित संयुक्त गोष्ठीमा भारतीय गृहमन्त्री सिंहले नेपाल भारतबाट टाढिएर चीनसँग नजिक भएको भन्ने कुरा आफूलाई नलागेको बताए ।
सार्वभौम मुलुकले संसारको सबै देशसँग राम्रो सम्बन्ध बनाउनु आवश्यक रहेको भन्दै ओलीको चीन भ्रमणपछि नेपाल चीनसँग नजिकियो भन्ने कुरा गलत भएको उनको भनाई थियो ।
एउटा सार्वभौम मुलुकका रूपमा नेपालले सम्बन्ध राख्नुलाई अन्यथा लिन नसकिने भन्दै उनले भने– ‘यहाँ नेपाल चीनको नजिक गयो भनिरहेछन । ‘मलाई त्यस्तो लाग्दैन । सार्वभौम मुलुकले संसारको कुनै पनि देशसँग राम्रो सम्बन्ध बनाउनु आवश्यक छ । यसमा कुनै आपत्ति छैन ।’
उनले मधेस आन्दोलनका कारण नेपालमा आपूर्ति रोकिदा आफूहरुलाई दुःख लागेको भन्दै यस विषयमा भारत चिन्तित रहेको बताए ।












प्रतिक्रिया