काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट स्वदेश फर्किनुअघि नै भारतले तीन दर्जन भीआइपीहरुलाई आश्चर्यजनक रुपमा नयाँदिल्ली उतारेको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले गरेका सम्झौताले छिमेकी मित्रराष्ट्र भारत सशंकित बनिरहेको बेला उसले भारत निकट भनिएका दर्जनौँ भीआइपीहरुलाई नयाँ दिल्ली उतारेको साँघु साप्ताहिकमा खबर छ ।
भारतले दर्जनौँ भीआइपीलाई नयाँ दिल्लीमा बोलाएर भीआइपी खातिरदारी गर्दै दुई दिन विशेष छलफल गरेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार नाकाबन्दीपछि विग्रिएको नेपाल–भारत सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने छलफलका लागि भन्दै नयाँदिल्लीले गुप्त रुपमा भीआइपीहरुलाई बोलाएको हो ।
दिल्ली धाउनेहरुमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल, नेपाली सेनाका पूर्वरथीवृन्द सीबी गुरुङ, नरबहादुर कँडेल छन ।
त्यस्तै नेपाल प्रहरीका पूर्वएआइजी कल्याण तिमिल्सिना, संविधान तथा कानुनविद भीमार्जुन आचार्य, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेललगायत पनि विशेष छलफलकै लागि दिल्ली पुगेका छन ।
दिल्लीले गुपचुप छलफलका लागि कानुन, पत्रकारिता, उद्योगी–व्यवसायी र सुरक्षा निकायका महत्वपूर्ण व्यक्तिहरु छानेको बताइन्छ ।
















प्रतिक्रिया