
पाकिस्तान, १४ चैत । बेल्जियमको अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मघाती बिस्फोट भएको एक साता नबित्दै त्यसको झल्को दिने गरी पाकिस्तानमा आज आत्मघाती बिस्फोट भएको छ । विस्फोटमा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।
पाकिस्तानको लाहोरस्थित गुल्सान ए इक्वाल पार्कको केही नजिक भएको विस्फोटमा कम्तिमा ५० जना घाइते भएका छन्।

लाहोरका उच्च प्रशासकीय अधिकारी मोहम्मद उस्मानका अनुसार, विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश केटाकेटी र महिला रहेका छन् । घटनामा आतंकवादी समूहको हात भएपनि अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन्।
बेल्जियमको अन्तर्राष्ट्रिय बिमानस्थलमा भएको आत्मघाती बिस्फोटको घटना सेलाउँदै नपाएको भएको यो घटनाले आज संसारको ध्यान खिचेको छ । यो हमला पनि आत्मघाती भएको हुन सक्ने बताइएको छ ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=IuAYzLqEvJA












प्रतिक्रिया