३१ आश्विन २०८३, शनिबार

सोशल मिडियाले ज्यान लिने भन्दै यी अभिनेत्रीले गरिन बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Climens poayasiलसएञ्जलस । ‘हैरी पोटर’की अभिनेत्री क्लीमेन्स पोएसीले सोशल मिडियासंग आफ्नो कुनै मोह नरहेको कठोर टिप्पणी गरेकी छिन् । उनले भनेकि छिन्, ‘मलाई सोशल मिडिया मन पर्दैन । मैले घृणा गछु ।’

पोएसीले इंस्टाग्राम र ट्वीटर जस्ता साइट अत्यन्तै ‘आत्मकेन्द्रित’ तथा यिनीहरूमा समाजमा नकारात्मक प्रभाव परिरहेको टिप्पणी गरेकी छिन् ।

पोएसीले भनेकि छिन्, ‘सेल्फीज् हामीलाई मार्न सक्छ । सोशल मिडियाका कारण धेरैको ज्यान गएको छ । म यसमा जोडिन चाहँदैन । मेरो नाममा नक्किली एकाउन्ट खोलिएको थियो । जसलाई शुभेच्छुकहरूले फलो गर्न थालेका छन् ।’ उनले इन्स्टाग्राम र ट्वीटर एकाउन्ट नबनाएको जनाएकी छिन् ।

सोशल मिडियाले आफ्नो प्रभाव दिन प्रतिदिन दमदार रुपमा कब्जा जमाइ रहेका बेला हलिउड अभिनेत्री पोएसीले सोशल मिडियोको जोडदार विरोध गरेकी हुन् । एजेन्सी