१ कार्तिक २०८३, आइतबार

देउवालाई म्यानपावर व्यवसायीहरूले यसरी गरे ‘मदिरा’सहित स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12439423_1663715583894481_8662347453304165025_nकाठमाडौं, १४ चैत । नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले नवनिर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाइ दिएको छ ।

काठमाडौंको एक पार्टी प्यालेसमा भएको मदिरासहितको खानपान कार्यक्रममा कांग्रेस निकट म्यानपावर व्यवसायीहरूले बधाइ तथा शुभकामना दिएका हुन् ।

शनिबार मध्यरातिसम्म भएको सो कार्यक्रममा सभापति पदमा पराजित रामचन्द्र पौडेल निकटका प्रभावशाली नेता रामशरण महत पुगे पनि धेरै निर्वाचित सदस्य अनुपस्थित रहेका थिए । स्रोतको अनुसार पौडेल समूहका धेरै सदस्य अनुपस्थित रहेका थिए । यद्यपि, देउवा समूहका नेता भने खानपिनको कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा आएका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले विशेष स्वागत गरेका थिए ।

कार्यक्रममा लोकतान्त्रिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष किरण किशोर घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, संघका पूर्व अध्यक्ष तिलक रानाभाटलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमपछि कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्दै उनीहरूले मध्यरातिसम्म रमाइलो गरेको एक केन्द्रीय सदस्यले बताए ।

12108088_1663715063894533_1770109935775717724_n

12472760_1309814579035314_3914102083397958109_n

12038368_1663717040561002_1102099953768466964_n

12376865_260695840929542_3606705505316071263_n

Sherbahadur Deuba

Nepali Congress Ka Neta