काटमाठौं, १४ चैत । एकसाता लामो चीन भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आज चीनबाट स्वदेश फिर्ता आउँदै हुनुहुन्छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रने कार्यक्रम छ । बिमानस्थलमा चीन भ्रमणका विषयमा पत्रकारलाई जानकारी गराइनेछ । ओलीको स्वागतका लागि बिमानस्थलमा विशेष तयारी गरिएको छ ।
चीनमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँका व्यापारीहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको थियो ।
चीनसँग पारबहन सम्झौता गर्नुभएका प्रधानमन्त्री ओलीको मुलुकभित्र प्रशंसा गरिएको छ । भारतले नाकाबन्दी लगाएर दुःख दिइरहेका बेला चीनसँग पारबहन सम्झौता गरेकोमा सबैतिर ओलीको प्रशंशा भइरहेको छ ।












प्रतिक्रिया