१ कार्तिक २०८३, शनिबार

पेनाल्टीमा चुके रोनाल्डो, पोर्चुगलको अप्रत्यासित हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rpnaldo

काठमाडौं, १३ चैत । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ ।

शनिबार बिहान घरेलु मैदान लेरियामा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल बुल्गेरियासँग १–० ले पराजित भएको हो ।

खेलको अधिकांश सयम बुल्गेरियामाथि घरेलु टोलीले दबाब राखेपनि १९ औं मिनेटमा मार्सेलिनोले गरेको गोल नै बुल्गेरियाको जितमा निर्णायक बन्यो । खेलमा पोर्चुगलले ३० पटकसम्म पोस्ट प्रहार गरेपनि गोल भने गर्न सकेन ।

६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा रोनाल्डोले गोल गर्न सकेनन् । उनले पेनाल्टीमा गोल गर्न नसकेको यो लगातार दोस्रो पटक हो । रोनाल्डोको शक्तिशाली प्रहार बुल्गेरियाका किपर भल्डिसलाभ स्टोयानोभले बचाए ।