२५ कार्तिक २०८३, बुधबार

आगलागी हुँदा ३० विगाहा क्षेत्रफलको उखु नष्ट, किसान चिन्तित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ukhu Sugar Canमहोत्तरी, १३ चैत । गौशाला नगरपालिका–२ रामनगरमा आगलागी हुँदा काट्ने अवस्थामा रहेका लाखौँ रुपैयाँको उखु जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो स्थानीय दशरथ महतोको खेतबाट सुरु भएको आगलागीले करिब ३० विगाहा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको हो ।

सुनसान समयमा बाटो छेउमा रहेको महतोको खेतबाट सुरु भएको सो आगोले स्थानीय रामविलास महतोको १० कट्ठा, तीर्थराज धिमालको १० कट्ठा, सञ्जय रेग्मीको १० कट्ठा, रामहरि रेग्मीको १० कट्ठालगायत ६० जना किसानको ३० बिगाहा बराबरको तयारी अवस्थामा रहेको उखु नष्ट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

आगोलाई स्थानीयवासी, किसान र सशस्त्र बेस क्याम्प रामनगर तथा इलाका प्रहरी कार्यालय गौशालाको सहयोगमा दुई घन्टाको अथक प्रयासपछि नियन्त्रणमा लिइएको हो ।

सो आगलागीबाट रु ७० लाख बराबरका उखु नष्ट भएको अनुमान गरिएको छ । रासस