१ कार्तिक २०८३, शनिबार

विश्वकप समूहचरणबाटै बाहिरियो पाकिस्तान, अष्ट्रेलिया २१ रनले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Faulkner

काठमाडौं, १२ चैत । भारतमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताबाट पाकिस्तान बाहिरिएको छ ।

समूहको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियासँग २१ रनले पराजित भएसँगै पूर्वबिजेता पाकिस्तान समूह चरणबाट बाहिरिएको हो ।

मोहालीको मैदानमा अष्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा १७२ रनमात्र बनाउँदा २१ रनले पराजित भयो । यो पराजयले अगाडि बढ्ने पाकिस्तानको बाटो बन्द गरिदियो ।

पाकिस्तानका लागि खालिद लतिफले ४६ र सरजल खानल ३० रन जोडे । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जेम्स फल्कनरले सर्बाधिक ५ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले स्टिभ स्मिथको अर्धसतकीय मद्दतमा १९३ रन बनाएको थियो । स्मिथले ६१ रन बनाएको खेलमा शेन बाट्सनले २१ बलमा ४४ रन जोडे ।

सुपर टेनको समूह २ बाट न्यूजिल्याण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने यस समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको निर्णय भारत र अष्ट्रेलियाबीचको खेलले निर्धारण गर्नेछ ।

अष्ट्रेलिया र भारतको समान चार चार अंक भएको छ भने समूहमा यी दुईबीचको खेल बाँकी छ ।