२५ कार्तिक २०८३, बुधबार

देउवाले जितेपछि एकाएक चर्चामा किन आए पीएल सिंह ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PL Singhकाठमाडौं, १२ चैत । ०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको धर्म छोराका रुपमा चिनिदै आएका कांग्रेसका एकजना नेता जो सधैँ ओझेलमा परेर बसे उनको नाम अहिले चर्चामा आएको छ । ती हुन्, पीएल सिंह ।

गणेशमान सिंहले आफै हुर्काइ बढाइ, शिक्षादिक्षा र असल राजनीतिक मार्ग सिकाएका पीएल सिंहलाई नवनिर्वाचित कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्ने चर्चा छ । उनको मनोनयन कांग्रेस कार्यकर्ताका लागि गर्वको विषय बन्न सक्ला । तर उनी केन्द्रीय सदस्य मनोनयनका लागि विधानअनुसार योग्य छन् कि छैनन् त्यसमा ध्यान दिनु उपयुक्त होला ।

स्रोतका अनुसार पीएल सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधी छैनन् । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्नका लागि महाधिवेशन प्रतिनिधी बन्नुपर्ने अनिर्वाय व्यवस्था छ ।

हुन त राजनीतिमा जे पनि हुन सक्छ । शिक्षा व्यवासयी उमेश श्रेष्ठलाई रातारात समानुपातिक सभासद बनाएको कांग्रेसले उनीसँग क्रियाशील सदस्यता नरहेको पत्तै पाएन । पछि विवाद भएपछि श्रेष्ठलाई क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । पीएल सिंहको हकमा पनि यो व्यवस्था लागू नहोला भन्न सकिँदैन ।

पीएल सिंहले सधैँ वाम बर्चश्व रहने काठमाडौंै महानगरपालिकामा मेयर पदमा जितेर कांग्रेसको झण्डा गाडेका कांग्रेसका कार्यकर्ताले पनि स्मरण गर्छन् ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठान, बाणेगाउँको अध्यक्ष रहेका पीएल सिंह गणेशमान सिंहको पुर्खौली घर चाक्सीबारीमा जाँदैनन् । स्रोतका अनुसार कांग्रेस नेता प्रकाशमान सिंहसँग उनको कुरा मिल्दैन । सोही कारण पीएल र प्रकाशमानबीच बोलचाल पनि नहुने गरेको कांग्रेसी कार्यकर्ताको भनाइ छ ।