३१ आश्विन २०८३, शनिबार

बेलायतका राजकुमार ह्यारीमाथि फिदा भइन रेखा, नेताहरुमाथि आक्रोश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Harryकाठमाडौं । अभिनेत्री रेखा थापाले नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीलाई स्यालुट गरेकी छिन् ।

ह्यारीको भावना र कामले फिदा भएकी रेखाले उनका केही सिक्नुस् भन्दै नेताहरुमाथि भने आक्रोश पाखेकी छिन् । रेखा थापा फाउण्डेनमार्फत सामाजिक काम गर्दै आएकी रेखालाई ह्यारीको सामाजिक कामले छोएको हो ।

यस्तो रेखाको सन्देशः

बेलायतका राजकुमार ह्यारी, उहाँको नेपाल बस्ने निर्धारित समय सकिसकेको थियो । तर उहाँलाई के भयो, थप ६ दिन थप्नु भयो र सायद यस्तै कसैको सेवामा समर्पित हुँदै हुनुहुन्छ ।

सायद भूकम्पले भत्काएको घरहरुले उहाँको मन चर्कियो । यस्तै निर्माण काममा स्वयं सेवक बनेर खट्ने समाचारहरु आएका थिए ।

स्यालुट छ प्रिन्स ह्यारी तपाईंलाई !!! तपाईंले सबै नेपालीको मन जित्दै जानुभएको छ ।

अर्काेतिर ह्यारीको मन चर्किदा, जस्ता पाता र पैसोमा, लर्किदाको सुखानुभुती गर्ने पनि यहीँ हुनुहुन्छ ।

के सिक्नु होला त शेर बहादुर, बाबुराम, प्रचण्ड, केपी ओली, माधव, रामचन्द्र आदी इत्यादी जीहरुले ?