३१ आश्विन २०८३, शनिबार

‘भाग्यले बाँचेकाहरु’ ले जित्यो ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nashik-Film-Festival-Award

काठमाडौँ, ११ चैत । बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले भारतमा फेरि अर्को अवार्ड जित्न सफल भएको छ ।

भारतको मुम्बई नजिकै नाशिक शहरमा भएको आठौँ नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र अवार्ड जित्न सफल भएको हो । महोत्सवमा विभिन्न देशका १२५ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

Nashik-Film-Festival-Award001

वृत्तचित्रका निर्देशक गणेश पाण्डेले नेपालबाट महोत्सवमा भाग लिएका थिए । भारतमा समेत लगातार अवार्ड जित्दाा निकै खुसी मिलेको उनले बताए । उनका अनुसार, भाग्यले बाँचेकाहरुको यो पाँचौ अन्तर्राष्ट्रिय अवार्ड हो । बितेको तीन महिनामा ३१ वटा भन्दा बढी चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ ।

Nashik-Film-Festival-Award1

यसअघि काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो भने भारतको राजधानी नयाँदिल्लीमा फेब्रुअरीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री–जुरी अवार्ड जितेको थियो ।

Nashik-Film-Festival-Award01

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् । यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ ।

Bhagyale-Bachekaharu-Ganesh-Panday-Documentary

नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।