३१ आश्विन २०८३, शनिबार

जेलबाट निस्किएपछि सञ्जय दत्तले यसरी आक्रोश व्यक्त गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya Duttaमुम्बई । करिब एक महिनाअघि जेलबाट रिहा भएका बलिउड अभिनेता सञ्जय दत्तले आफूलाई जेलमा गधाले पनि खान नसक्ने खाना दिने गरेको खुलासा गरेका छन् । जेलका आफ्ना भोगाईहरू भारतीय सञ्चारमाध्यमसँग साटेका दत्तले यस्तो बताएका हुन् ।

सञ्जय दत्त २५ फेब्रुअरीमा पूणेको यरबदा जेलबाट रिहा भएका थिए । सन् १९९३ को मुम्बई बम धमाकापछि अवैध हतियार घरमा राखेको अभियोगमा उनी सजाय काटेर रिहा भएका थिए ।

सुरक्षाका कारण मलाई एक्लै राखिएको थियो । प्रत्येक बिहान ६ बजे उठ्थेँ र परिवारलाई सम्झेर रुन्थेँ । केही शारीरिक कसरतपछि नुहाइधुवाई गरेर शिव पुराण, गणेश पुराण, महाभारत, भागवद् गीता र रामायण पाठ गर्थे । अर्थात् म त पूर्णरुपले पण्डित बनेको थिएँ । उनले भनेका छन् ।

एक वर्षसम्म मैले चनाको दाल खाएँ । त्यहाँ खानाको रुपमा सब्जी र ‘राजगिरा’ दिइन्थ्यो । त्यो चिज मैले जेलमै पुगेर सुनेको र खाएको थिएँ । त्यहाँको खाना यस्तो थियो कि बाख्रा, गोरु या गधालाई दिँदा पनि खान्थेन होला ।

फिट रहनका लागि दुई घण्टा दौडन्थेँ । जेलमा बस्दा मेरो तौल १०० किलो पुगिसकेको थियो । पेट बढेर हैरान थिएँ । त्यसैले विशेष त कसरत गर्थें । अहिले बाहिर आइसकेपछि त धेरै कम भइसकेको छ ।

बहिर धेरैलाई मलाई भीआइपी व्यवहार गरिन्छ भन्ने लागेको थियो होला तर मलाई साह्रै नराम्रो व्यवहार गरिन्थ्यो । यस्तो लाग्थ्यो कि म अंग्रेजको दौडमा आएको छु ।

मलाई अन्डरवर्लड डनहरूसँग सम्पर्क गरी कुरा गर्न दबाब दिइन्थ्यो’, उनले भनेका छन्, ‘कोही पनि चहाँदैनथिए कि म आफ्नै बलबुतामा केही बनौं, केही गरौं । म माथि यो पनि दबाब छँदैथियो ।’ एजेन्सी