२५ कार्तिक २०८३, बुधबार

भक्तपुरमा आगलागी, घरभित्र श्रीमान र श्रीमती दुबै जले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ११ चैत । बुधबार राजधानीका विभिन्न ठाउँहरुमा आगलागी भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षको रिपोर्टअनुसार भक्तपुरको कौशलटार–१५ बस्ने भारत घर भएका २३ वर्षीय शेखजमिन मुल्हाह र उनकी २४ वर्षीया श्रीमती समन वेगमको कोठामा बुधबार आगलागी हुँदा दुवैजना जलेर गम्भीर घाईते भएका छन् ।

उनीहरुको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

त्यसैगरी काठमाडौंको तारकेश्वर नगरपालिका–१४ धर्मस्थली बस्नेतटारस्थित ५४ वर्षीय बद्रीप्रसाद गुरागाईको तिरुपती वेतबाँस फर्निचारमा बिहिबार बिजुली सर्ट भई आगलागी हुँदा वेतबाँस र अग्राख काठहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबारे थप अनुसन्धान भइरहेको छ ।