मुम्बई । बलिउडमा अमिताभ बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध ससुरा र बुहारीको सम्बन्धमा परिणत भएको पाँच वर्ष बढी भइसक्यो ।
र अमिताभ अहिले छोरा अभिषेक र बुहारी ऐश्वर्यासँगै बस्दै आएका छन् । यसैक्रममा फिल्मी बजारमा भने अमिताभ र ऐश्वर्या भिड्न तयार भएका छन् ।
घरमा ससुरा र बुहारीको सम्बन्ध भएपछि फिल्मी बजारमा यस वर्ष यी दुबैबीच भिडन्त हुने भएको हो । अमिताभ अभिनित ‘तिन’ र ऐश्वर्या अभिनित ‘सरवजित’ एकैदिन रिलिज हुने भएपछि उनीहरुविच भिडन्त हुने पक्का भएको हो ।
आउँदो २० मे मा सुजय घोषको निर्देशनमा बनेको ‘तीन’ र ओमांग कुमारको निर्देशनमा तयार भएको ‘सरबजित’ रिलिज हुने भएको छ । यदि अन्तिम समयमा प्रदर्शन मिति हेरफेर भएन भने बच्चन परिवारकै दुई सदस्यविच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
‘सरबजित’मा पाकिस्तानमा जासुसी एवं चरमपन्थीको आरोपमा वर्षौ जेलमा कैद भएर जेलमै कैदीको हमलामा मारिएका एक भारतीयको कथा छ । यो फिल्ममा रणदिप हुड्डा, ऋचा चढ्ढा र ऐश्वर्याको मुख्य भूमिका रहेको छ ।
यसैगरी सुजाय घोषको ‘तीन’ मा अमिताभको साथमा नवाजुद्दिन सिद्दिकी र विद्या बालानले अभिनय गरेका छन् । दुबैबीच कडा टक्कर हुने विश्लेषण गरिएको छ ।
















प्रतिक्रिया