काठमाडौं, ११ चैत । विश्व फुटबल स्टार एवं स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कोख भाडामा लिएर अर्काे बच्चा जन्माउने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३२ वर्षीय स्ट्राइकर रोनाल्डोले एक बच्चाका लागि ‘सेरोगेट’ आमासँग करार गर्ने प्रक्रियामा रहेका छन् । गत क्रिसमसमा अमेरिका भ्रमण गर्दा उनले यसका लागि कागजी कामहरु अघि बढाएको र अर्काे बच्चाका लागि उनले १० लाख यूरो छुट्याएको समाचारमा उल्लेख छ ।
अहिले रोनाल्डोको ६ वर्षका छोरा छन् । तर, उनको आमा को हुन् भन्ने रोनाल्डोले अहिलेसम्म खुलाएका छैनन् ।
यता स्पेनिस ला लिगामा सेल्टाविरुद्ध गोलको खुशी मनाउने क्रममा रोनाल्डोले टिसर्टभित्र फुटबल लुकाउँदा पेट बोकेकी महिला झैं देखिएपछि उनी अर्को बच्चा जन्माउने खबरले झनै चर्चा लिएको छ ।
















प्रतिक्रिया