३१ आश्विन २०८३, शनिबार

प्रहरी जवानको मृत्यु हुँदा एआईजी रमिते !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Natakझापा । झापाको बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य बंैक अगाडि  एकाएक गोली चलेको आवाज आयो । आसपासका मानिस एकाएक अताल्लिए । केही चिच्याए पनि । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरे, वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजाल, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीकै अगाडि गोली लागेर एक जना प्रहरीको निधन भएको दृष्य देख्दा धेरैका आँखा रसाए ।

आँखा रसाउनु पर्ने कारण बनाइदिए क्षितिज नाट्य समूहका कलाकारहरुले । माधव कल्पितले लेखेको तथा निर्देशन गरेको नाटक ‘इजलासको फैसला’ त्यहाँ प्रस्तुत गरिएको थियो । नाटकमा घरबाट आफ्नो काममा जाँदै गर्दा बाटोमा अस्मिताहरण हुन लागेकी एक युवतीको उद्धारका क्रममा प्रहरी जवानमाथि आक्रमण भएको र उनले शहादत प्राप्त गरेको दृष्य देखाइएको थियो ।

जातीय विभेद उन्मुलनको ५१ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा नागरिक र प्रहरीको सहकार्यमा आयोजना गरिएको सामाजिक विकृति र विसंगति विरुद्ध जनचेतनामूलक कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले नै उद्घाटन गरेका थिए । सोही कार्यक्रममा प्रस्तुत गरिएको नाटकमा चेलीवेटी वेचविखन, लागूऔषध दुव्र्यसनीका कारण समाजमा पर्ने असरका विषयमा केन्द्रीत रहेर नाट्य समूहले चेतना फैलाउन देखाएको नाटक हेर्दा धेरैका आँखा रसाएका थिए ।