मुम्बई । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत बुधबार राति हुने भारत र बंगलादेशबीचको खेलमा बलिउड अभिनेता शाहरुख खान मैदानमा उत्रिने भएका छन् ।
राति हुने खेलमा शाहरुख प्रतियोगितास्थलको कमेन्ट्री बक्समा देखिने भएका हुन् । कमेन्ट्री बक्समा चर्चित कमेडियन कपिल देव, शोएब अक्तरसँगै खान पनि देखिने भएका हुन् ।
इण्डियन प्रिमियर लिग (आईपीएल)को टिम कोलकाता नाइडनाइटराइडर्सका मालिक समेत रहेका शाहरुखले मुम्बईमा रहेको स्टुडियोबाट कमेन्ट्री गर्ने भारतीय संचार माध्यममले जनाएका छन् ।















प्रतिक्रिया