– विमल योगी
काठमाडौं, १० चैत । राजधानीको शंकरदेव क्याम्पसमा अर्काे लफडा भएको छ ।
बुधबार त्यहाँ अध्ययनरत विद्यार्थीहरुले स्ववियु सभापति शुभराम बस्नेतमाथि कुटपीट गरेका छन् ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले नै बस्नेतमाथि आक्रमण गरेका हुन् । बस्नेत नेविसंघबाटै शंकरदेवमा स्ववियु सभापति बनेका थिए ।
आक्रमणबाट बस्नेत गम्भीर घाइते भएको नेविसंघ शंकरदेवका अध्यक्ष हरिश भण्डारीले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।















प्रतिक्रिया