१ कार्तिक २०८३, शनिबार

बेइजिङमा जब प्रधानमन्त्री ओली गर्जिए… चिनियाँ अधिकारी छक्क ! (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-Bejing-Sanghai sahayog sangathan-1

– तीर्थ भट्टराई
बेइजिङ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताउनुभएको छ ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आज बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताउनुभयो ।

उहाँले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै उसले ठूलो फड्को मारेको कारणले आज सम्पूर्ण विश्वले चीनलाई नियाली रहेका छन्, भन्नुभयो ।

china-Bejing-Renmin BB ka padhadhikari saath PM oli ra nepal ka mantri

प्रधानमन्त्री ओलीले अति गरिबीबाट माथि उठ्दै विशाल अर्थतन्त्र बनाएको चीनको सन् २०१४ मा मात्रै ११४ अर्ब बिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गर्दै नेपाल चीनको अतिनिकट छिमेकी भएका नाताले चीनले विकासोन्मुख राष्ट्रका लागि गर्ने यस्तो लगानीमा नेपाल पनि साझेदार बन्न चाहेको बताउनुुभयो ।

उहाँले वार्षिक १०० विलियन अमेरिकी डलर खर्च गर्ने चिनियाँ पर्यटक आफैँमा विश्वमै विशिष्ट उत्पादन भएको भन्दै नेपालमा यस्ता पर्यटकलाई आकर्षित गर्ने थुपै्र विशेषता छन्, यसका लागि दुवै देशका व्यवसायीहरु र लगानीकर्ताहरुबीच सहकार्य हुनसक्ने बताउनुभयो । “संयुक्तरुपमै हामी यस कार्यलाई चिनियाँँ पर्यटकको अत्यन्त विशिष्ठ पहिचानका रुपमा विकास गर्न सकिन्छ”– उहाँले भन्नुभयो ।

china-Bejing-Sanghai sahayog sangathan

नेपाल हालै चिनियाँ लगानीमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंकमा आबद्ध भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले परिवर्तित सन्दर्भमा चिनियाँँ नेतृत्वमा प्राचीन रेशम मार्गको पुनरोदयका लागि रेसम मार्ग आर्थिक क्षेत्र तथा २१ औँ शताब्दीको सामुद्रिक पस्मिना मार्ग प्रक्रियाको एक भाग भएको बताउनुभयो । उहाँँले बैंक, रेशम मार्ग, आर्थिक क्षेत्र तथा सडक विस्तारले विकास पूर्वाधारका लागि एसियामा अर्थ परिचालन हुने, अन्तरसम्बन्ध विस्तार हुने र व्यापार तथा लगानीमा सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल संविधान निर्माण प्रक्रिया सम्पन्न गरी आर्थिक विकास र समृद्धिको नयाँ मार्गमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनता आर्थिक वृद्धि, विकास र समृद्धिको माध्यमबाट राजनीतिक उपलब्धिलाई दिगो र सङ्गठित गर्न चाहन्छन्, भन्नुभयो ।

china-Bejing-Sanghai sahayog sangathan-2

नेपालले खुला आर्थिक नीति अवलम्बन गर्दै आएको बताउँदै उहाँले नेपालको संविधानले पूर्वाधार विकासमा वैदेशिक पुँजी र प्रविधिगत लगानीको परिचालनलाई प्रोत्साहित गर्न नीतिगत आधारशिला तयार गरेको उल्लेख गर्नुभयो । वैदेशिक लगानीको प्रभावकारी परिचालनले मात्रै नेपालको विकास सम्भाव्यताको उजागर हुने नेपालले महसुस गरेको उहाँँको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो देशको उदार अर्थतन्त्रका विशेषताबारे जानकारी दिँदै ठूलास्तरको लगानीका लागि नेपाली लगानी बोर्डको स्थापना गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘लगानीकर्ताका लागि सरल भिसा प्रक्रिया छ र नेपालमा दर्ता गरिएका विदेशी कम्पनीले जग्गा किन्न, स्वामित्वमा लिन तथा बेच्न सक्ने प्रावधान रहेको छ ।’’ श्रम कानुन पनि वैदेशिक लगानीमैत्री बनाउने गरी परिमार्जन गरिन लागेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

china-Bejing-Renmin BB ma PM Oli ra DPM kamal thapa

नेपालमा प्रत्येक वर्ष पाँच लाखभन्दा बढी युवा रोजगार बजारमा प्रवेश गर्ने गरेको बताउँदै उहाँँले नेपाल सरकार नेपाल र चीन दुवै देशमा नेपालीका लागि चिनियाँँ भाषा प्रशिक्षणको अवसरका लागि आतुर रहेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालीहरु कडा परिश्रम गर्छन्, इमान्दार छन् र यसमा चिनियाँँ जनताको समर्पण पनि जोडेर काम गर्दा अत्यन्त फाइदा हुने धारणा राख्नुभयो ।

नेपालको जलस्रोत र पर्यटन चिनियाँँ लगानीका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र भएको बताउँदै उहाँले पर्यटनको लागि मुख्य आकर्षणका केन्द्र रहेका पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेका छन्, भन्नुभयो ।

प्रधानमन्त्री ओलीले ठूला विकासका योजनामा चिनियाँँ लगानीले दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्दै चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार भएकाले चीनका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न चासो देखाउन आग्रह गर्नुभयो ।

उहाँले नेपाल गरिबी र अविकासको दुश्चक्रबाट माथि उठ्न चाहन्छ, तर सरकार आफैँमा सीमित क्षमता र स्रोतले गर्दा स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई नेपालमा स्रोत लगानी गर्न, सेवा तथा वस्तु उत्पादन गर्न र रोजगार सिर्जना गर्नका लागि निम्तो गर्दछ, भन्नुभयो ।

प्रधानमन्त्रीको गर्जनसहितको विकासशील भाषणपछि चिनियाँ अधिकारीले देश विकास लागि हातेमालो गर्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएका छन् । रासस