रुकुम, ८ चैत । रुकुममा रहेर पत्रकारिता गरिरहेका पत्रकार धनवीर दाहालले आफ्नो पेशासँग सम्बन्धीत गित बजारमा ल्याएका छन् ।
समाज रुपान्तरणमा पत्रकारको भुमिका अहम हुने कुरा गितमा समेटिएको छ । उनको गितमा पत्रकारहरुको संगठनहरुमा प्रेस चौतारीले खेलेको अग्रणी भुमिकालाई समाबेश गरिएको छ । प्रेस चौतारी नेपाल कलमकर्मी र श्रमजिवीहरुको संगठन भएको कुरा सो गितमा उल्लेख गरिएको छ ।
जनआन्दोलन २०६२/०६३ का घाइते पत्रकार समेत रहेका दाहाल बिगत ११ बर्षदेखी रुकुममा रहेर पत्रकारिता गरिरहेका छन् । सो गितको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले रुकुम मुसिकोटमा एक समारोहका बिच लोर्कापण गर्नुभएको छ ।
रुकुम सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको एक कार्यक्रममा उहाँले उक्त गीत लोर्कापण गर्नु भएको हो । पत्रकार धनवीर दाहालले शव्द संकलन गरेका छन् भने गायक किरण वावु पुन र गायिका भूमिका गिरीले स्वर दिएका छन् । गीतको लोर्कापण गर्दै नेता नेपालले यस्ता गीतहरुले पत्रकार र समाज परिवर्तनका लागि महत्व पूर्ण भूमीका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले पत्रकार दाहालले गित माध्यमबाट पत्रकारिताबारे प्रष्ट्याएकोमा बधाई ज्ञापन गर्नुभएको थियो । पत्रकार दाहाल प्रेस चौतारी नेपालको राप्ती अञ्चल समुन्वय कमिटीका सदस्य हुन् ।















प्रतिक्रिया