१ कार्तिक २०८३, शनिबार

मलेसियासँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा, को-को परे टिममा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-Coach

काठमाडौं, ८ चैत । अखिल नेपाल फुटबल संघ (एन्फ)ले मलेसिया यू–२२ विरुद्ध खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ ।

सोमबार एन्फाको सल्लाहमा नेपालका नवनियुक्त जापानी प्रशिक्षक ग्योटोकु कोजीले कप्तान विराज महर्जनको नेतृत्वमा २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

नेपाल र मलेसिया यू–२२ बीच नेगेरी साम्बिलान आइतबार हुँदैछ । टिमका प्रशिक्षक समेत रहेका कोजीले घोषणा गरेको टिमबाट पुराना कप्तान अनिल गुरुङलाई हटाइएको छ ।

को-को छन् टोलीमा
भरत खवास, विजय धिमाल, विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरण लिम्बू, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रञ्जन विष्ट, रञ्जित धिमाल, सुजल श्रेष्ठ, सुमन लामा र सुनिल बम ।
प्रशिक्षकका राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र छन् ।

टिम घोषणाका अवसरमा मुख्य प्रशिक्षक कोजीले मैत्रीपूर्ण खेलको नतिजा भावनात्मक मात्र हुने र सबैभन्दा महत्वपूर्ण आफ्ना खेलाडीले कस्तो खेल्ने हो, त्यसको परीक्षा रहेको बताए ।