३१ आश्विन २०८३, शनिबार

नेपाली ‘सन्नी लियोनी’ अर्चना पनेरु पोखरामा पक्राउ, यस्तो छ घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archan-Paneru

पोखरा । पोर्नस्टार बनेरै छाड्ने उद्देश्यका साथ कला क्षेत्रमा लागिरहेकी किशोरी अर्चना पनेरुलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको हो ।

उनीसहित शुटिङ भइरहेको फिल्म ‘जिस्म’को युनिटलाई पोखरामा प्रहरीले समातेको हो । निर्माण ईजाजत बिना नै छायाँकनमा गएको भन्दै उनीहरु सबैलाई पक्राउ गरिएको हो ।

पोखरामा सुटिङको क्रममा रहेको फिल्म युनिटमाथि चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको आरोप लागेको छ ।

यो फिल्ममा अर्चना मुख्य अभिनेत्रीको भुमिकामा देखिँदैछिन् । अर्चनासँगै उनकी आमा पनि प्रहरी फन्दामा परेकी छिन् ।

jisma in police
वडा प्रहरी कार्यालय राम्जामा अर्चनाका आमाछोरीसहित फिल्म युनिट

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्देशक राजु गिरीसहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरुसहितको सम्पूर्ण युनिटलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।

पोर्नस्टारको अभ्यासमा नग्न फोटो सार्वजनिक गरेको भन्दै यसअघि कञ्चनपुर प्रहरीले अर्चनालाई नियन्त्रणमा लिएको थियो ।