१ कार्तिक २०८३, शनिबार

ठकुरीलाई न्यूयोर्कमा कास्य पदक प्राप्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ny2– विजय थापा

वाशिंगटन डिसी । आइतबार न्यूयोर्कको फ्लसिंगको सेराटन लागर्डिया इस्ट होटलमा भएको कराते खेलमा डिसीका ठकुरीलाई कास्य पदक प्राप्त भएको छ ।

न्युयोर्क राज्यको फ्लसिंगमा भएको कराते ूयुएसए मार्शल आर्ट्स हल अफ फेमू ३५ बर्ष देखि ४५ बर्ष को खुला प्रतियोगितात्मक प्रतिस्प्रद्धामा उज्ज्वल ठकुरी मेक्सिकन जातिका खेलाडी ७ फिट ३ इन्च अग्ला खेलाडीसंग भिडन्तमा पराजित भै तेस्रो स्थान ओगट्न सफल भएका छन् ।

ूयुएसए मार्शल आर्ट्स हल अफ फेमू अमेरिकाको नौ वटा राज्यहरुमा हुने प्रतियोगिता हो । ४० वर्ष मनाउदै २०१६ को पहिलो खेल न्युयोर्कबाट संचालन भएको छ ।

यस खेलको साथसाथै ठकुरीको छैठौ छुट्टा छुट्टै राज्यमा खेल प्रवेस गरि सकेका छन । ठकुरीले १० वटा राज्यमा खेल पुर्याउने प्रतिबद्धता अनुसार अब चार ४ छुट्टै राज्य मात्र बाकी रहेकोछ ।

उनले वाशिंगटन डिसी ,बाल्टिमोर, पेंसेल्भानिया,भर्जिनिया, न्युजर्सी तथा न्युयोर्क खेली सकेका छन् । आजको खेल समेत लगाएर ठकुरीले ७ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य जित्न सफल भएका छन् ।

ny4 ny5