काठमाडौं, ७ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा छलफल गर्न एकीकृत माओवादीको शनिबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।
अहिले केही समयपछि पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बैठकमा पार्टी संगठनका विषयमा केन्द्रित हुनेछ । प्रवक्ता दीनानाथ शर्माले बैठकमा पेश भएका विभिन्न एजेन्डाहरूमा छलफल हुने बताउनुभयो ।
सरकारको कामकारबाहीको समीक्षा गर्दै आएको एमाओवादीले आफ्ना मन्त्रीहरूको कामप्रति चित्त दुखाएको छ ।
बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले चित्तबुझ्दो काम गर्न नसकेको आरोप लगाएका छन् ।
लामो समयपछि बसेको एमाओवादीको बैठकमा संगठन सुदृढीकरणमा जोड दिइएको छ ।












प्रतिक्रिया