२४ कार्तिक २०८३, मंगलबार

तिहार मनाउन मामाघर आएका ६ वर्षीय बालकको राप्ती नदीमा डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । तिहार मनाउन मामाघर पुगेका दाङका एक बालकको राप्ती नदीमा डुबेर ज्यान गएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेका छन्।

प्रहरीका अनुसार राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघर आएका किशन नुहाउन राप्ती नदीमा गएका थिए। सोही क्रममा नदीमा डुबेर उनी अचेत भएका थिए।

तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बालकको शव हाल लमही अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।