३१ आश्विन २०८३, शनिबार

माओवादीले विथोलेको सपना ‘रोल्पा रोग’को कथा, ट्रेलर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

song jaula kanchi.mp4_snapshot_03.35_[2015.11.18_15.47.35]काठमाडौं । तत्कालीन नेकपा (माओवादी)का सशस्त्र युद्धताका राप्ती अञ्चलका जिल्लामा युवापुस्तामा पुगेको असरलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘रोल्पा रोग’ले आफ्नो ट्रेलर सारिलिज गरेको छ ।

वैशाख १७ गते अल नेपाल रिलिजको तयारीमा रहेको ‘रोल्पा रोग’ले शनिबार आफ्नो ट्रेलल सर्वजनिक गरेको हो । ट्रेलरमा फिल्मको सानो दृश्यलाई देखाउन खोजिएको छ ।

‘रोल्पा रोग’का निर्देशक दीपक ओली हुन् । उनले यो फिल्मलाई दाङ र आसपासका जिल्लाहरूमा छायाँकन गरेका हुन् ।

फिल्ममा गाउँका अल्लारे युवाहरूको कथालाई उतारिएको छ । विदेश जाने तयारीमा रहेका युवाहरू कसरी माओवादी युद्धको चपेटामा पर्छन् भन्ने देखाउन खोजिएको छ । वास्तविक कथामा आधारित यो फिल्मबाट आफूले धेरै आसा बोकेको निर्देशक ओलीले बताएका छन् । ‘फिल्म राम्रो बनेको छ । वास्तविक कथावस्तुमा बनाएको हुँ’, उनले भने, ‘यो फिल्म रिलिज भएपछि अर्को फिल्म बनाउने तयारीमा छु ।’

फिल्ममा ओखरे, घैँटे, राइटेको अभिनय वास्तविक जस्तै लाग्ने ओलीको भनाइ छ । फिल्ममा तीनजना साथीको जीवनलाई उजागर पार्न खोजिएको छ । फिल्ममा संगीत गोविन्द मधुर आचार्यले दिएका हुन् । गीतमा स्वर आचार्य र रीता केसीको रहेको छ ।

फिल्ममा शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक घर्ती मगर, सुशील पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिरा रसाइली आदिको अभिनय रहेको छ ।