३१ आश्विन २०८३, शनिबार

अभिनेत्री श्वेता यसरी लागिन एनजिओमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweta-khakdaकाठमाडौं । अभिनेत्री श्वेता खड्काबाल विवाह तथा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानमा सद्भावना दूत नियुक्त भएकी छिन् ।

दूत नियुक्त भएलगत्तै श्वेताले बाल विवाह तथा दाइजो प्रथाको अन्त्यका लागि आफूले आवाज उठाउने बताएकी छिन् ।

अभिनेत्री श्वेतालाई एउटा एनजिओले सद्भावना दूत बनाएको हो । यो अभियानमा संलग्न भएपछि श्वेता पनि एनजिओकर्मी भएकी छिन् ।

‘विवाहपछि छोरीले नेपाली समाजमा भोग्दै आएका सामाजिक कुरीतिका बारेमा खुलेर लाग्नुपर्छ’, उनले भनिन्, ‘बाल विवाह तथा दाइजो प्रथा उन्मुलन गर्न मैले सक्दो भूमिमा खेल्नेछु ।’

छोरा र छोरीमा सम्पतिमा रहेको असमान हक, दाइजो प्रथा र बाल विवाहको विरोध गर्ने श्वेताले उल्लेख गरेकी छिन् ।