३१ आश्विन २०८३, शनिबार

दिपकराजले भारतको पक्ष लिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-raj-giri

काठमाडौं । कलाकार दिपकराज गिरीले भारतको पक्ष लिएपछि उनको फ्यानले आक्रोश व्यक्त गरेका छन् ।

टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीच खेलमा दिपकले भारतको पक्ष लिएपछि उनीमाथि नेपाली फ्यान खनिएका हुन् ।

आफ्ना कुरा फेसबुकबाटै भन्नले दिपकराजले लेखेका छन्- ‘मन भन्छ पाकिस्तानलाइ सपोर्ट गर । दिमाग भन्छ भारतलाई । पूराना रिस रागहरू मनमा गुम्सिएका छन, त्यसैले मनको कूरा ठिक हो । दिमाग हिसाब किताब गर्छ … तेरो एउटा मात्र यस्तो साथि छ जो दुश्मन पनि त्यहि हो र दोस्त पनि, पिडा पनि त्यसैले दिन्छ, मलम पनि त्यसैकै हातमा मात्र छ । नेपाली हुँ पिडा भूल्न जानेको छु, गल्ति गर्नेलाइ माफि दिन जानेको छू । त्यसैले दिमाग तिरै गए ।’

उनको यस्तो प्रतिक्रिया पछि अधिकांश फ्यानले उनलाई भारतीय एजेण्ट भनेका छन् भने केही जसले राम्रो खेल्छ त्यसको पक्ष लिनुपर्छ भनेका छन् ।