काठमाडौं, ६ चैत । टी–२० विश्वकप क्रिकेट अन्तर्गत महिलातर्फको खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ ।
वर्षाले प्रभावित खेलमा पाकिस्तानले डक वर्थ लुइस नियमका आधारमा २ रनले भारतलाई हराएको हो ।
जतिबेला वर्षाका कारण खेल रोकियो, उक्त समयमा ९७ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानी टिमले १६ ओभरमा ६ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि सिद्रा अमीनले २६ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ९६ रन बनाएको थियो ।











प्रतिक्रिया