सुर्खेत । रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी मुगुको छायानाँथ रारा नगरपालिका-७ टोप्लास्थित कच्ची सडक खण्डमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुईजना घाइते भएका छन् ।
दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ । त्यस्तै, ललितपुर महानगरपालिका-१५ की ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। कञ्चनले गाडी चलाइरहेका थिए।
गाडी सडकबाट करिब ६ सय मिटर तल खसेको प्ररीरीले जानकारी दिएको छ । घाइतेको मुगु अस्पतालमा उपचार भइरहेको छ।











प्रतिक्रिया