२५ कार्तिक २०८३, बुधबार

नेपाली पर्वतारोहीको हत्या गर्ने १३ जनालाई पाकिस्तानमा मृत्युदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistanकाठमाडौं, ६ चैत । पाकिस्तानी सेनाले नेपाली पर्वतारोहीको हत्या गर्ने १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।

पाकिस्तानी सेनापति राहिल सरिफले आतंकवादी इर्फान उल्लाहसहित १३ जनालाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

नंगा पर्वतमा विदेशीको हत्या गर्ने इर्फानसहितका आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । इर्फानसहितका आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको सन् २०१३ जुन २२ मा नंगा पर्वतमा हत्या भएको थियो । सोनाले सन् २००९ मा पनि नंगा पर्वतको आरोहण गरेका थिए । तर सन् २०१३ मा चिनियाँ टोलीसहित पर्वत चढ्न गएका बेला उनी आतंकवादीबाट मारिए । सो टोलीमा रहेका अन्य ८ जना नेपाली शेर्पा भने बाँच्न सफल भएका थिए ।