३१ आश्विन २०८३, शनिबार

मनिषा कोइरालाले अस्वीकार गरिन बाबुराम भट्टराईको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manisha-Koirala

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले डा. बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गरेकी छिन् ।

शुक्रबार नयाँ शक्तिका संयोजक डा. बाबुराम आफैले टेलिफोन गरेर क्लिन र ग्रिन काठमाडौं अभियानमा सहभागी भइदिन गरेको प्रस्तावलाई मनिषाले अस्वीकार गरेकी हुन् ।

मनिषा केही दिनदेखि काठमाडौंमा छिन् । बाबुरामले निम्तो दिएपनि शनिबार विहान पशुपति क्षेत्रमा नयाँ शक्तिले सञ्चालन गरेको अभियानमा मनिषा सहभागी भइनन् । नयाँ शक्तिकी सचिवालय सदस्य करिष्मा मानन्धर भने सफाइ गर्न खटिएकी थिइन् ।

कुनै काममा पनि आवश्यकता भन्दा प्रचार प्रसार गर्ने बाबुरामले यो अभियानमा मनिषालाई सहभागी गराएर झन चर्चित बनाउन खाजेका थिए । तर, मनिषा नआईदिएपछि बाबुरामलाई तनाव भएको छ ।