२९ आश्विन २०८३, बिहिबार

बिरामी कोमललाई लिएर ज्ञानेन्द्र राति १० बजे नागार्जुन जंगलतिर…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganendra-komal

काठमाडौं, १२ साउन । छोरा पारस शाह स्वदेश फर्कने भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पारो चढेको छ ।

नेपालमा गणतन्त्र स्थापना भएपछि सपरिवार नागार्जुन सर्नुभएका पूर्वराजा ज्ञानेन्द्र दुई वर्षदेखि निर्मल निवासमा बस्दै आउनु भएको थियो । तर, उहाँ फेरि आइतवार राति श्रीमती कोमलसहित नागार्जुन सर्नु भएको छ ।

ज्योतिषहरुको सल्लाह र उनीहरुले निकालेको साइत अनुसार उहाँ आइतवार राति १० बजे नागार्जुन सर्नु भएको हो । नागार्जुन जंगलमा रहेको दरबारमा उहाँ बिरामी पूर्वरानी र अंगरक्षक तथा केही सहयोगीसहित सर्नु भएको हो ।

पूर्व युवराज्ञी हिमानी भने करिव तीन महिना नागार्जुन बस्ने बुझिएको छ । नातिनातिना र बुहारी हिमानी केही समयका लागि नागार्जुन जाने पनि बुझिएको छ ।

थाइल्याण्डमा बस्दै आएका पूर्व युवराज पारस आफ्नो भिसाको म्याद समाप्त भएपछि साउन १९ वा २० मा काठमाडौं आउने करिव निश्चित भएको छ ।

त्यसकारण पनि ज्ञानेन्द्रले महाराजगञ्जको निवास छाडेको बुझिएको छ । पारसको थाइल्याण्डको अदालतमा साउन १७ गते उपस्थित हुनुपर्ने भएकाले १९ वा २० मा काठमाडौं आउने तयारी भएको हो ।

पूर्वराजा ज्ञानेन्द्र र पारसको सम्बन्ध राम्रो छ । थाइल्याण्डमा प्रेमिकाको साथमा बस्न थालेपछि पारसको पत्नी हिमानीसँग पनि सम्बन्ध बिग्रेको छ ।