३१ आश्विन २०८३, शनिबार

भुवनको फिल्म ‘ड्रिम्स’को गफै ठूला, कति बुझायो राजश्व ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhuwan kcकाठमाडौं । राम्रो आम्दानी गरेको भनिएको अभिनेता भुवन केसीको फिल्म ‘ड्रिम्स’ले करोडौँ रुपियाँ कमाइ गरेको भनेर बजारमा खुब हल्ला फिजाइएको छ । फिल्मले राम्रो व्यापारको र दर्शकले मनपराएको कुरा समाचारहरूमा भन्ने गरिएको छ ।

भुवनको फिल्मको समाचारहरू स्वतन्त्र कार्यक्रम र सञ्चारमाध्यमहरूमा भने त्यति आएका छैनन् । किन भने ‘ड्रिम्स’ तुलनात्मक रुपमा सामान्य रहेको फिल्मी समीक्षकहरूको भनाइ छ । तर समय किनेर बजाइने र देखाइने प्रायोजित कार्यक्रमहरूमा भनिए जस्तो ड्रिम्सले न त पैसा कमाएको छ न त दर्शक नै ।

यो फिल्म अधिकांश हलहरूबाट पहिलो हप्तामा नै उत्रिएको छ । केही सीमित हलहरूमा मात्रै ड्रिम्स चलेको हल सञ्चालकहरूले बताएका छन् । भुवनको फिल्मले पैसा कमाएकै हो भने राज्यलाई कति कर तिरेको छ ? यो भन्न कोही इच्छुक छैनन् ।

फिल्मले पैसा कमाएकै हो भने राज्यलाई तिरेको करको जानकारी दिनु दाइत्व पनि हो । त्यसपछि मात्रै थाहा हुन्छ फिल्म कति रुचाइएको छ र कति कमाइ गरेको छ भनेर जान्न ।

भुवन केसी निर्देशित फिल्ममा उनका छोरा अनमोल केसीसँग साम्राज्ञलक्ष्मी शाहले अभिनय गरेकी छिन् । फिल्म निर्माण गर्दा भुवन केसीका बाबुछोरा बिबादमा पनि ताएिका थिए । उनीहरूले फिल्म शूटिङका बेला होटेलहरूमा खाएको र बसेको पैसा नतिरको आरोप छ ।

फिल्म बनाउन लिइएको करीव ३५ लाख रुपियाँ अहिलेसम्म भुवनका बाबुछोराले तिरेका छैनन् । पैसाका विषयमा भुवनले मुद्दा झेल्नेपर्ने अवस्था आउँदैछ ।