– नरेन्द्र कार्की
दार्चुला, २ चैत । अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन समितिले दार्चुलामा यार्सागुम्बा संकलन दुई महिनालाई मात्र संकलन अवधि तोकेको छ । यार्सागुम्बा व्यवस्थापन मार्गदर्शन २०७२ अनुसार संकलन कार्यलाई व्यवस्थितगर्न समयावधि तोकिएको हो ।
यार्सागुम्बा संकलन कार्यलाई व्यवस्थित बनाउन फोटोसहितको परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ । परिचय पत्र नलिएका उपभोक्ताहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना हुने छ ।
अपि नाम्पा संरक्षण क्षेत्रभित्रका संकलनकर्तालाई प्रति व्यक्ति ५ सय रुपैयाँ तथा संरक्षण क्षेत्र र जिल्ला बाहिरका संकलककर्तालाई रु १ हजार शुल्क तोकिएको छ ।
यार्सा संकलन क्षेत्रमा मादक पदार्थ सेवन तथा बेचबिखन, जुवातास खेल्नमा रोक लगाइएको छ । मादक पदार्थ ओसारपसार तथा बेचबिखन गर्नेलाई १० हजार तथा खाने व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना हुने छ । यस्तै जुवातास खेल्ने व्यक्तिलाई १० हजार र खेलाउने व्यक्तिलाई २५ हजार रुपैयाँ जरिवाना हुने छ ।
यार्सागुम्बा संकलन प्रवेशबाट उठाएको रकम संरक्षण क्षेत्र भित्रका गाविसको सामुदायिक विकासमा खर्च हुने समेत कार्यालयले जनाएको छ ।















प्रतिक्रिया