३१ आश्विन २०८३, शनिबार

यी टेलिभिजन स्टारले गरे आफ्नै घरमा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prashant

मुम्बई । तमिलका लोकप्रिय टेलिभिजन अभिनेता साई प्रशान्तले आइतबार आफ्नै घरमा आत्महत्या गरेका छन् ।

भारतीय च्यानल आजतकका अनुसार प्रशान्तले पेय पदार्थमा विषादी मिलाएर पिएका थिए, जसकारण उनको मृत्यु भयो ।

स्थानीय प्रहरी अधिकारीले भनेका छन्- ‘आत्महत्याको कारण अझै पत्ता लागेको छैन् । हामीलाई लाग्छ एक्लोपना यसको कारण हुनसक्छ ।’ प्रशान्तको शवलाई पोस्टमार्टमका लागि किलपाक मेडिकल कलेज लगिएको छ ।

जेठी पत्नीसँग सम्बन्ध विच्छेद गरेका प्रशान्तले तीन महिना पहिला कान्छी भित्र्याएका थिए । ‘अन्नामलाई’, ‘सेल्वी’, ‘अरासी’ जस्ता धारावाहिक कार्यक्रममा काम गरेका उनले ‘नेरम’, ‘तेगीडी’ र ‘वाडाकरी’ जस्ता केही तमिल फिल्ममा पनि अभिनय गरेका थिए ।