
काठमाडौं, १ चैत । नेपाली चलचित्रहरूमा काम गर्दै आएका रामबहादुर भनिने बिक्की श्रेष्ठको निधन भएको छ ।
उनको आइतबार राति काठमाडौंको प्रदर्शनीमार्गमा निधन भएको हो । उनको शव प्रदर्शनीमार्गमा फेला परेको चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसीले जानकारी दिए ।
४२ वर्षीय श्रेष्ठको मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
श्रेष्ठको निधनमा शोक मनाउन आज एक दिन प्राविधिक संघले कुनै पनि काम नगर्ने जनाएको छ ।
बिक्की नेपाली फिल्मका पुराना प्राविधिक हुन् । चिफ लाइटम्यानको रुपमा काम गर्दै आएका उनी छायांकार कृष्ण श्रेष्ठका भाई पनि हुन् ।















प्रतिक्रिया