३१ आश्विन २०८३, शनिबार

तेल र ग्यासका कालोबजारी गर्ने व्यापारीलाई माओवादीले छानिछानि कारबाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass ra Tel Oilकाठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पेट्रोलियम पदार्थमा भएको कालोबजारी र सरकारविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ ।

नेकपा माओवादीका प्रवक्ता खड्ग विश्वकर्माले विज्ञप्ति जारी गरेर भोलि चैत १ गते राजधानीमा कालोबजारी विरुद्ध प्रदर्शन गर्न लागेको जनाउनु भएको हो । उहाँले बजार मूल्यभन्दा बढी मूल्यमा कसैले तेल वा ग्यास बिक्री गरेको पाइएमा तत्काल जनताले कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘निजी कम्पनी मालिक, पेट्रोलियममेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपैयाँमा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपैँयामा बिक्री गर्न दिएको अुनमति र व्यवस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त सरकारी निर्णय र व्यवस्थाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।’

नेकपा माओवादीले ‘कालोबजारी, नेपाल आयल निगमलाई धरासायी हुन गरी दिएको अनुमतिका विरुद्ध चैत १ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमार्फत बताएको छ ।

साथै नेकपा माओवादीले पार्टीका दैलेख सेक्रेटरीलाई प्रहरीले गरेको गिरफ्तार गरेकोमा पनि आक्रोश जनाएको छ ।

‘जिएमआर कम्पनीको गाडीमाथि दैलेख जिल्लाको रामघाटमा भएको कारबाहीलाई बहाना बनाएर हाम्रा पार्टीका दैलेख जिल्लाका सेक्रेटरी

‘विवेक’लाई फागुन २७ गते राति घरमा सुतिराखेको अवस्थामा दैलेख जिल्ला प्रहरीले गिरफ्तार गरेको घटनाको हाम्रो पार्टी घोर बिरोध गर्दछ । उहाँको शीघ्र रिहाइको माग गर्दछ । अन्यथा स्थिति गम्भीर हुनेसमेत अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।