३१ आश्विन २०८३, शनिबार

गिरीशको ‘वीरगन्ज’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung-1

काठमाडौँ । सञ्चारकर्मी गिरीश गिरीले लेख्नुभएको पुस्तक ‘वीरगन्ज : मेरो सहरको कथा’ सार्वजनिक गरिएको छ ।

नेपालयद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा पुस्तकमाथि समीक्षासमेत गरिएको थियो ।

सञ्चारकर्मी नारायण वाग्लेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सांसद सुरेन्द्र चौधरी र लेखक गिरीले वीरगन्जमाथि लेखिएको पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

सञ्चारकर्मी वाग्लेले गिरीप्रति व्यङ्ग्य गर्दै भन्नुभयो – “लामो समयदेखि मैले पुस्तक लेख्न आग्रह गरिरहेको भए पनि अहिले आएर आफैँविरुद्ध आन्दोलन छेडेर पुस्तक लेख्नुभएको छ ।”

Birjung

यसैगरी, सांसद चौधरीले राजनीतिक गतिविधिका कारण काठमाडौँ राजनीति दृष्टिले ‘हटलाइन’ भए पनि आर्थिक ‘हटलाइन’ वीरगन्ज नै हो भन्नुभयो ।

लेखक गिरीले पछिल्लो समय राजनीतिक उथलपुथलको केन्द्र बनेको वीरगन्जका मानिसको छटपटी देखेपछि आफूले त्यसलाई पुस्तकमा उतारेको बताउनुभयो ।

कथाका पात्र साधारण जीवन बिताउने व्यक्ति भएका र उनीहरुकै वरपर रहेर सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विश्लेषण गर्ने प्रयास गरिएको गिरीको भनाइ थियो । रासस