३१ आश्विन २०८३, शनिबार

कसले पुगायो नायिका नन्दितालाई मलेसिया ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nanditaकाठमाडौं । नायिका नन्दिता केसी मलेसिया पुगेकी छिन् । उनी किन त्यहाँ पुगेकी हुन् त्यो भने रहस्यमा छ ।

कथाअनुसार, वर्षौदेखि माया गरेको प्रेमी वाध्यताले घर फर्किन पाएको छैन । यस्तो अवस्थामा आफ्नो प्रेमीविना वस्न कुन प्रेमीको मन वस्न सक्लार घरदेशमा?

नायिका नन्दिता केसीमा पनि त्यहि वाध्यता आइपुग्यो । अनि उनी पनि मलेसियामा हराएको प्रेमी खोज्न उतै पुगिन् ।

आफ्नो प्रेमी राघव आचार्यलाइ भेटेपछि नन्दिता पनि मख्ख परिन् । आफ्नी मायालुलाई भेटेका राघव पनि चुप वस्न सकेनन् र त्यहि मेसोमा ‘तिमीले नै भन्थ्यौ तिम्रो नयन राम्रो’भन्दै आफ्नी प्रेमीकाको वर्णन गर्न थाले।

मलेसियाको मेरुवाट क्वान्तानको सामुन्द्रिक तटसम्म घुम्न पुगे । आफ्नो प्रेमी साथमै भएपछि नन्दिता पनि खुसी थिइन ।

यो दृश्यलाई कैद गर्दै थिए निर्देशक शिव विक । शिवकै निर्देशनमा बन्न लागेको प्रमोद खरेलको गीतको म्युजिक भिडियोको दृश्य हो यो ।