३१ आश्विन २०८३, शनिबार

सलमान खान फेरि फसे, अदालतमा हाजिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman

मुम्बई । सडक पेटीमा बसेका मान्छे मारेको मुद्दामा छुटकारा पाएका बलिउड अभिनेता सलमान खान फेरि कानुनी फन्दामा परेका छन् ।

१९९८ मा दुई संरक्षित हरिणको सिकार गरेको मुद्दामा फेरि व्युतिएपछि सलमान फन्दामा परेका हुन् । यो मुद्दा लामो समयदेखि चल्दै आएको छ । यो मुद्दामा सलमान विहीबार फेरि अदालतमा हाजिर भएका छन् ।

जोधपुर मेजिस्टेरटका अगाडि हाजिर भएर सलमानले आफू निर्दोष भएको र आफूलाई फँसाइएको जिकिर गरे ।

‘हम साथ साथ है’ फिल्मको सुटिङको बेला तब्बु, सैफअलि खान र सोनाली बेन्द्रेसँग मिलेर सलमानले राति हरिणको शिकार गरेको आरोप छ । उनले अवैध हतियार राखेको र संरक्षित वन्यजन्तु शिकार गरेको भनेर मुद्दा चलिरहेको छ ।

यसअघि उनले मुम्बईको सडकमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर फुटपाथमा सुतेका व्यक्तिलाई किचेर मारेको मुद्दाबाट सफाइ पाइसकेका छन् ।